Friday, May 29, 2015

Nepalese translation of ‘Let us respond intensifying counter-information, exposure, international and internationalist solidarity’ by ICSPWI) -the next front


red_fist(This is the Nepalese translation of ‘Let us respond intensifying counter-information, exposure, international and internationalist solidarity’ by ICSPWI).
सूचनाप्रतिरोध, भण्डाफोर, अन्तर्राष्ट्रिय र अन्तर्राष्ट्रियतावादी ऐक्यबद्धतालाई तीव्र पारौँ !
भारतमा चलिरहेको जनयुद्धको समर्थनमा अन्तर्राष्ट्रिय कमिटी
मोदीद्वारा शासित भारतीय सत्ता भारतीय मालिकहरू र साम्राज्यवादको सेवा गर्दै जनदमन गर्न, माओवादी जनयुद्धलाई अगाडि बढ्न नदिन र माओवादीहरू, जसले यसको नेतृत्व गरिरहेका छन् उनीहरूमाथि आक्रमण गर्न दमनको हरेक क्षेत्रमा नयाँ चरणको योजनामा लागेको छ । घरेलु तथा विदेशी बहुराष्ट्रिय कम्पनीहरूलाई प्राकृतिक स्रोतसाधनको विक्रीको योजनालाई गति दिन भारतीय सत्ता उसका दमनका समग्र संयन्त्रहरू : स्थलसेना, वायुसेना, प्रहरी र अर्धसैनिक जत्थालाई नयाँ संरचनासहित प्रयोग गरिरहेको छ । उनीहरू “नक्सलवादी चुनौती” माथि मात्र आक्रमण गर्दैनन्, ती सबै आन्दोलनहरू, जसले उनीहरूका जनविरोधी नीतिहरू र “अप्रेसन ग्रीनहन्ट ’ को प्रतिरोध गर्छन्, ती सबैमाथि आक्रमण गर्छन् । तिनीहरू प्रजातन्त्रवादी बुद्धिजीवीहरू, मानवअधिकार कर्मीहरू र फरक विचार राख्नेहरू, जो कोही पनि जनताको आन्दोलन र माओवादीले नेतृत्व गरेको जनयुद्धको सेरोफेरोमा छ, सबैमाथि आक्रमण गर्छन् । तिनीहरू प्राकृतिक साधनस्रोतले सम्पन्न क्षेत्रमा बसोबास गर्ने आदिबासी क्षेत्र, जहाँ जनयुद्धको बलियो आधार छ र जनसत्ताको विकास भइरहेको छ, त्यसलाई समाप्त पार्न त्यहाँ आक्रमण गर्छन् । खासगरेर यताका हप्ताहरूमा भारतीय सत्ताले छानीछानी क्रान्तिकारी बुद्धिजीवीहरू र सामाजिक कार्यकर्ताहरूमाथिको दमन र गैरकानुनी धरपकडलाई तीव्र पारेको छ, जसलाई अपराधी साबित गररे पहिले नै भूमिगत हुन बाध्य पारेको थियो र आतङ्कारीको बिल्ला भिराएको थियो र जसको अपराध भनेको भारतीय कम्युनिस्ट पार्टीको शुभचिन्तक हुनु हो ।
कमरेड मुरली कान्नामपल्ली र इस्माइल हम्जा उपचारको क्रममा टालेगाउँको दभादेबाट पक्राउ परेका थिए भने कमरेडरू रूपेश र उनकी श्रीमती स्याना र अन्य कमरेडहरूलाई कोइमबटुरबाट पक्राउ गरिएको थियो । उनीहरूलाई कानुनी सहयोगबाट वञ्चित गरिएको र औषधी–उपचारबाटसमेत वञ्चित गरिउको कुरा थाहा हुनआएको छ, यति मात्र नभएर यसको माग गर्दा जङ्गलमा लगेर मुठभेडका नाममा सिध्याउने तथा परिवारका सदस्यसमेतलाई पक्राउ गर्ने धम्की पुलिसले दिएको कुरा पनि जानकारीमा आएको छ । बिनाअभियोग उनीहरूको हिरासतको अवधि बढाइएको छ र अन्य घटनाका झैँ चरम यातनाको दिने प्रबल सम्भावना छ । यताका दिनमा भएका यस्ता गिरफतारीहरूका विरुद्धका साथै गलत अभियोग लगाएर जेलमा राखिएका बन्दीहरूको रिहाइ तथा जीवन सुरक्षालाई लिएर यतिबेर भारतमा व्यापक जनपरिचालन र जनमत निर्माण भएको छ ।
विश्वविद्यालयमा बुद्धिजीवीहरू तथा प्रजातान्त्रिक विचार राख्नेहरूलाई आतङ्कित पार्ने काम रोकिएको छैन । शरीरको ९० प्रतिशत भाग अपाङ्ग भएका प्रो. जि. एन. साइबाबा एक वर्षदेखि जेलमा छन् । उनको रिहाइको चौतर्फी आवाज उठेको छ । उनको मुद्दालाई अघि पनि बढाइको छैन र जमानत पनि स्वीकार गरिएको छैन । यति मात्र होइन, यतिबेर माओवादीका नाममा विद्यार्थीहरू, बुद्धिजीवीहरूलाई आतङ्कित पार्ने, झूठा मुद्दा लगाउने र बन्दी बनाउने कामलाई पनि तीव्र पारिएको छ, कतिपयलाई मुद्दा नै नचलाई जेलमा वर्षौदेखि राखिएको छ । भारतलगायत विश्वभरिबाट बन्दीहरूको अविलम्ब रिहाइको मागका साथै हिजोको बृटिशकालीन नियम-कानुन लगाएर जनताका पक्षधरहरूलाई जसरी आतङ्कित पार्ने तथा जेल हाल्ने काम भएको छ, त्यसको विरूद्ध पनि व्यापक रूपमा आवाज उठेको छ । जनता भड्काएको भन्दै आज पनि उपनिवेशकालीन कानुन व्यहारमा लागु गर्दै वैधानिक सङ्गठन रिभोलुस्नरी डेमोक्रेटिक फ्रन्ट (आरडिएफ) का सदस्यहरू राजा सारखेल, प्रसुन चटर्जी लगायत जनताका प्रिय पात्रहरू चत्रधर महतो र अन्य तीन जनालाई हालै जेलमा राखिएको छ ।
मोदी–सत्ताले, आदिवासी जनताको जमिन कब्जा गरेर ठूलाठूला आयोजना निर्माण गर्ने योजनालाई नसघाउने, आफ्नो थातथलो छोड्न नचाहने जनता, जो जबरजस्ती विस्थापनका विरुद्ध सङ्घर्षमा उत्रेका छन्, उनीहरूमाथि दमन र हत्याको अभियान चलाएर विस्थापन गराएको छ । भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले कसरी मोदी सरकारले पहिले नै जनमनमा अति बदनाम भएको “सलवा जुडूम २” नामको नयाँ हत्या अभियान पून: चलाउन खोज्दैछ भनेर प्रस्ट पारेको छ । “सलवा जुडूम” हिन्दू अतिवादी हत्यारा जत्थासित सम्बद्ध कुख्यात जत्थाको नाम हो, जुन हिन्दूवादी अर्धसैनिक जत्थाका रूपमा पनि परिचित छ । सशस्त्र यो समूहको काम विकास र शान्तिका नाममा आदिवासी र ग्रामीण क्षेत्रमा माओवादीहरूको विरोधको नाममा आगजनी, हत्या, बलात्कार र आतङ्क मच्चाउनु हो र यो “अप्रेसन ग्रिनहन्ट” को अर्को अवतार हो, जुन सन् २००९ देखि चालु छ र जसको भारतीय आमजनता तथा प्राजातान्त्रिक विचार राख्ने सबै तह, तप्का र क्षेत्रबाट विरोध हुँदैआएको छ । यसै “सलवा जुडूम” को नाइकेहरूलाई हिजोका दिनमा भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को नेतृत्वमा जनताले स्वाद चखाएको कुरा हामी सबैलाई थाहा छ ।
जनतामाथि लादिएको युद्धका विरुद्ध सिङ्गो भारतभरि प्रतिरोध अभियान चालु छ भएको छ र सत्ताधारी वर्गको सत्तालाई फ्याल्न देशैभरि जनआन्दोलनको अभिवृद्धि भइरहेको छ । दमनले विद्रोह रोकिने छैन, बरु थप ऊर्जाशील बन्नेछ । गिरफ्तार गरिएका कमरेडहरू सुपरिचित र जनताका प्यारा कमरेडहरू हुन्, जनताले उनीहरूप्रति ऐक्यबता जाहेर गर्दै सङ्घर्षलाई तीव्र पार्नेछन् । यसका साथै हामीले पनि मोदीको हत्याअभियान रोक्न र भारतीय जनताको सङ्घर्षलाई सहयोग पुर्याउन, अन्तर्राष्ट्रिय स्तरमा हालैका वर्षहरूमा विभिन्न रूपमा विकसित भएको अन्तर्राष्ट्रियतावादी ऐक्यवद्धता अभियानलाई तीव्र पार्नु आवश्यक छ । ‘भारतमा चलिरहेको जनयुद्धको समर्थनमा अन्तर्राष्ट्रिय कमिटी’ साम्राज्यवादद्वारा आडभरोसा पाएको भारतीय सत्ता विरुद्धको समग्र आन्दोलनलाई सूचना–प्रतिरोध र भण्डाफोरको दीर्घकालीन अभियानकारूपमा अघि बढाउन आह्वान गर्दछ ।
अप्रेसन ग्रिन हन्ट बन्दगर !
गिरफ्तार कमरेडहरू र राजनीतिक बन्दीहरूको पक्षमा उभिऔँ !
जनताको सङ्घर्षलाई सहयोग गरौं !
२० मे, २०१५

No comments:

Post a Comment